Kathmandu Press

२४ घण्टामा थपिए १,४७६ संक्रमित, ९ जनाको मृत्यु

१०,५७५ जनामा गरिएको पिसिआर परीक्षणबाट १,१०३ र ५११५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२४ घण्टामा थपिए १,४७६ संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं, असोज ८ : पछिल्लो २४ घन्टामा देशभरिमा १,४७६ जना कोरोना संक्रमित थपिएका छन्।

१०,५७५ जनामा गरिएको पिसिआर परीक्षणबाट १,१०३ र ५११५ जनामा गरिएको एन्टिजेन परीक्षणबाट ३७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

अहिलेसम्म देशभरिमा पिसिआर परीक्षणबाट ७,८९,८७२ जनामा र एन्टिजेन परीक्षणबाट ९०,२८० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा १,५५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ७,५८,५०४ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। थपिएका सहित अहिलेसम्म मृत्यु हुनेको संख्या ११,०८१ पुगेको छ।

अहिले देशभरिमा २०,२८७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:४५ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्