राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध अन्तरिम आदेश अस्वीकार
काठमाडौं, असोज ८ : सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चले विपक्षीका नाममा कारण...
काठमाडौं, असोज ८ : सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशविरूद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चले विपक्षीका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ।
आज (शुक्रबार) प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडाको इजलासले अध्यादेश विरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
सर्वोच्चले सबै विपक्षीका नाममा अध्यादेशको औचित्यबारे लिखित जवाफ दिन भनेको छ।
सरकारले गत भदौ १ गते राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको थियो।
त्यसको तनि दिनपछि अधिवक्ता अर्जुनकुमार अर्याल, शकुन्तला भुसाल, निवेश लम्साल, अनुपा अर्याल, प्रवेश केसी, श्रीकान्त बराललगायतले भदौ ४ गते रिट दायर गरेका थिए।
दल फुटाउन सजिलो हुने गरी ल्याएइको उक्त अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा ६ वटा रिट परेका थिए।











