तारकेश्वरमा सुनका गहना चोरी

काठमाडौं, असोज ८ : काठमाडौंको तारकेश्वर नगरपालिका–९ मनमैजु शुभकामना चोक बस्ने महेश सिलवालको घरबाट करिब ८ लाख ९० हजार रुपैयाँ बराबरको सुनका विभिन्न गहना बिहीबार साँझ चोरी भएको छ।
उनको घरमा कोही नभएको अवस्थामा अपरिचित ब्यक्ति प्रबेश गरी दराजमा रहेको सुनको बिभिन्न गहना चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: १५:३४ बजे, शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










