चिनियाँ विदेशमन्त्री र राष्ट्रसंघ महासभाका ७६औं सत्रका अध्यक्षबीच वार्ता
बेइजिङ, असोज ८ : चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार संयुक्त राष्ट्र संघको महासभाका ७६औं सत्रका अध्यक्ष अब्दुल्ला साहिदसँग भिडियो माध्यमबाट...
बेइजिङ, असोज ८ : चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार संयुक्त राष्ट्र संघको महासभाका ७६औं सत्रका अध्यक्ष अब्दुल्ला साहिदसँग भिडियो माध्यमबाट वार्ता गरेका छन्।
मन्त्री वाङले संयुक्त राष्ट्रसंघलाई कोभिड–१९ महामारी विरुद्धको लडाइमा सहयोग र खोपको उचित वितरण, जलवायु परिवर्तनसँग लड्न र जैविक विविधताको संरक्षण गर्न एवं दिगो विकासलाई बढावा दिन ठूलो सहयोग गर्न आह्वान गरे।
यस वर्ष संयुक्त राष्ट्रसंघमा चीनको जनवादी गणतन्त्रको वैधानिक सीटको पुनर्स्थापनाको ५०औं वार्षिकोत्सवको चर्चा गर्दै मन्त्री वाङले चीनको मत सधैं विकासशील देशहरूको पक्षमा र अन्तरराष्ट्रिय न्याय र निष्पक्षताको समर्थनमा हुने बताए।
साहिदले चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको १००औं वार्षिकोत्सव र संयुक्त राष्ट्र संघको वैधानिक सिट पुनर्स्थापनाको ५०औं वार्षिकोत्सवको अवसरमा बधार्इ दिदै यस सत्रको मुख्य एजेन्डालाई संयुक्त रूपमा अगाडि बढाउन चीनसँग मिलेर काम गर्ने आशासमेत व्यक्त गरे।
सो अवसरमा अध्यक्ष साहिदले बेइजिङ शीतकालीन ओलम्पिकको पूर्ण सफलताको कामना पनि व्यक्त गर्नुभएको छ।












-1763799581.jpg)