भूकम्प प्रतिरोधात्मक भवन हस्तान्तरण
हेटौंडा, असोज ८ : हेटौंडाको औद्योगिक क्षेत्रमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ। १३ करोड २६ लाख ६० हजारको लागतमा उक्त भवन निर्माण...
हेटौंडा, असोज ८ : हेटौंडाको औद्योगिक क्षेत्रमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ। १३ करोड २६ लाख ६० हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो।
पाँचतले भवन शुक्रबार एक समारोहबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको छ।
२०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण भए पनि नयाँ भवन निर्माण गरिएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको मकवानपुर जिल्ला आयोजना कार्यान्वयन इकाइले सो भवन निर्माण गरी आज हस्तान्तरण गरेको कार्यालयका प्रमुख इन्जिनियर तुलसीराम खर्वुजाले जानकारी दिए।
भवन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजाललाई हस्तान्तरण गरिएको हो।
निमार्णको जिम्मा पाएको हनुमान कन्स्ट्रक्सन कम्पनीले तोकिएको समयभन्दा अगावै सो भवन निर्माण गरेको खर्वुजाले बताए। सो भवनमा ५२ कोठा रहेका छन्।
प्रकाशित मिति: १५:२२ बजे, शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












