एमसिसी परिमार्जन गरेर पारित गर्नुपर्छ : बादल
चितवन, असोज ८ : पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापा ‘बादल’ले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका...
चितवन, असोज ८ : पूर्वगृहमन्त्री एवं नेकपा (एमाले) पोलिटब्युरो सदस्य रामबहादुर थापा ‘बादल’ले अमेरिकी मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) परिमार्जन गरेर पारित गर्नुपर्ने बताएका छन्।
प्रेस चौतारीले आज (शुक्रबार) चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहसमा आएका विषय परिमार्जन गरेर पारित गर्नुपर्नेमा जोड दिएका हुन्।
नेता थापाले लोकतन्त्रमा कसैलाई बोल्ने अधिकार रोक्न नहुने स्पष्ट पार्दै लिम्पियाधुरा, कालापानी, एमसिसीका विषयमा धारणा राख्न पाउनुपर्ने बताए।
‘स्रोत नखुलाई लगानी गर्न पाउने व्यवस्था गर्नु गलत हो,’ उनले भने। राष्ट्रिय अर्थतन्त्र र पुँजीको संरक्षण गर्नुपर्ने उल्लेख गर्दै उनले सरकार त्यतातर्फ जान नसकेको आरोप लगाए।
प्रकाशित मिति: १४:५० बजे, शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











