Kathmandu Press

चिया बगानका मजदुरलाई खोप

झापा, असोज ८ : मेचीनगरस्थित चिया बगानमा कार्यरत ७८७ मजदुरलाई स्वाथ्यकर्मीले कारखानामै पुगेर कोभिडविरुद्धको खोप लगाइदिएका छन्।मेचीनगर नगरपालिका–८ मा रहेको टोकला बगानका ३६८ र...
चिया बगानका मजदुरलाई खोप

झापा, असोज ८ : मेचीनगरस्थित चिया बगानमा कार्यरत ७८७ मजदुरलाई स्वाथ्यकर्मीले कारखानामै पुगेर कोभिडविरुद्धको खोप लगाइदिएका छन्।

मेचीनगर नगरपालिका–८ मा रहेको टोकला बगानका ३६८ र वडा ६ र ७ को सतीघट्टा चिया बगानका ४ सय १९ मजदुरलाई एस्ट्राजेनिकको खोपको पहिलो मात्रा लगाइएको नगर प्रमुख विमल आचार्यले बताए।

बगान मजदुर तोकिएका खोप केन्द्रमा नआएकाले बिहीबार बगानमै स्वाथ्यकर्मी पठाइएको उनले बताए।

दैनिक ज्याला गर्ने मजदुरमा कोभिड–१९को सङ्क्रमण बढी हुनसक्ने भएकाले मेचीनगर–१५ को वैभव र कालिका चिया बगान तथा, नगरक्षेत्रका डेरी उद्योग र सहकारीका कर्मचारीका लागि एक हजार ५०० खोपको मात्रा छुट्याइएको नगर प्रमुख आचार्यको भनाइ थियो।

नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सविता सापकोटा निरौलाका अनुसार यसअघि नगरका उद्योगी, व्यवसायी, साना तथा हलुका सवारी साधनका चालक, विद्यार्थीलगायतलाई खोप लगाइएको थियो।

नगरपालिकाले आइतबारदेखि वडास्तरीय खोप अभियान सुरु गर्ने भएको छ। अभियानमा यातायात व्यवसायी, खेलाडी, क्यासिनो, होटलमा कार्यरत मजदुर, व्यवसायी, मनि चेञ्जर, कुरियर, होम डेलिभरी कृषि परियोजना, ग्यारेज, पार्लर सैलुन, गुरुकुल, कृषि, पशु फर्म, मदरसा, मठ, मन्दिर र गुम्बामा रहने व्यक्तिलाई प्राथमिकतामा राखेको जनाइएको छ। 

प्रकाशित मिति: १२:५४ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्