Kathmandu Press

बालबालिकालाई दसैंअघि नै कोरोना खोप : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, असोज ८ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड-१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका  छन्।आज...
बालबालिकालाई दसैंअघि नै कोरोना खोप : राज्यमन्त्री श्रेष्ठ

काठमाडौं, असोज ८ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड-१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका  छन्।

आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बालबािलकाका लागि दसैंअघि १ लाख डोज खोप ल्याइने जानकारी दिए। 

बालबालिकाका लागि आवश्यक पर्ने  ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ।

‘बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ,’ उनले भने, ‘फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ।’

आगामी चैतभित्र कोरोनाविरुद्धको पूर्ण खोप लगाइसक्नेगरी तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए। ‘अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाइएको छ।’

फरक प्रसंमा मन्त्री श्रेष्ठले सरकारले चाँडै नै पूर्णता पाउने बताए। भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजनालाई कार्यान्वयन गरिने उनले जानकारी दिए।

प्रकाशित मिति: १२:१९ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्