Kathmandu Press

सुनको मूल्यमा ६ सय रुपैयाँ गिरावट

काठमाडौं, असोज ८ : नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ६ सय रुपैयाँले घटेकोे छ। छापावाल सुन बिहीबार ८९ हजार ६ सय मा कारोबार...
सुनको मूल्यमा ६ सय रुपैयाँ गिरावट

काठमाडौं, असोज ८ : नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ६ सय रुपैयाँले घटेकोे छ। छापावाल सुन बिहीबार ८९ हजार ६ सय मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्यांकअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ कायम गरिएको छ।

तेजाबी सुन बिहीबार प्रतितोला रु ८९ हजार १५० मा कारोबार भएको थियो। 

महासङ्घका अनुसार चाँदीको मूल्य बिहीबारका तुलनामा आज प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी बिहीबार प्रतितोला १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज १ हजार १ सय ६० तोकिएको हो।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ७५१ दशमलव ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जुन समयसमयमा परिवर्तन भइरहन्छ। 

प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, असोज ८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्