राष्ट्रियसभामा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक छलफलका लागि स्वीकृत
राष्ट्रियसभामा ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८’ छलफलका लागि प्रस्तुत भएका छन्।
काठमाडौं, असोज ८ : राष्ट्रियसभामा ‘आर्थिक विधेयक २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक २०७८’ छलफलका लागि प्रस्तुत भएका छन् ।
दुवै विधेयक प्रतिनिधिसभाबाट बिहीबार नै पारित भएका छन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुवै विधेयक छलफलका लागि टेबुल गरेका हुन् ।
शुक्रबारको राष्ट्रियसभा बैठकमा पनि एमाले सांसदहरूले अवरोध जारी राखेका छन् ।
प्रकाशित मिति: ११:५८ बजे, शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











