Kathmandu Press

जाजरकोटमा चोरी निकासी रोक्न प्रहरी सक्रिय

जाजरकोट, असोज ८ : गत आर्थिक वर्षको माघ ९ गतेदेखि हालसम्म प्रहरीले भारी मात्रामा सवारी साधन बरामद गरी सवारी धनीलाई बुझाएको छ।चोरी निकासी गरी...
जाजरकोटमा चोरी निकासी रोक्न प्रहरी सक्रिय

जाजरकोट, असोज ८ : गत आर्थिक वर्षको माघ ९ गतेदेखि हालसम्म प्रहरीले भारी मात्रामा सवारी साधन बरामद गरी सवारी धनीलाई बुझाएको छ।

चोरी निकासी गरी लुकाइछिपाइ राखेका मोटरसाइकलदेखि जीपसम्मका सवारी साधन बरामद गरी प्रहरीले सवारीधनीलाई बुझाएको हो। जिल्ला प्रहरी कार्यालयमा सरुवा भएर आएलगत्तै प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुकुमार थापाले एकवर्षे चोरीपैठारी नियन्त्रणका लागि कार्ययोजना बनाई काम सुरु गरेका थिए।

Hardik ivf

वर्ष दिन नपुग्दै आठ महिनाको अवधिमा थापा नेतृत्वको टोलीले ठूलो सफलता प्राप्त गरेको छ। मोटरसाइल ३८ र एक जीप बरामद गरी रु एक करोड २० लाख मूल्य बराबरका सवारी साधन बरामद गरिएको छ। चोरी पैठारी गरिएकामध्ये एक जीप र आठ मोटरसाइकल कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय कोहलपुर पठाइएको छ। 

त्यस्तै १२ चोरीका  मोटरसाइल सम्बन्धित धनीलाई बुझाएको प्रहरीले बताएको छ। चार मोटरसाइकल चोरी शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया चलिरहेको छ। चौध मोटरसाइलबारे प्रहरीले आन्तरिक अनुसन्धान जारी राखेको छ।

भेरी करिडोर र मध्यपहाडी लोकमार्गको सडक जाजरकोट भएर जाने भएकाले यहाँ चोरी पैठारी गरेर सवारी साधन ल्याई लुकाउने क्रम बढेसँगै प्रहरीले निगरानी बढाएको थियो। सवारी चालक अनुमतिपत्र नभएका, मापदण्डविपरीत सवारी चलाउनेलाई समेत कारबाही गरिएको छ। 

सादा पोशाकमा प्रहरी परिचालन गरी जनताको जीउधनको सुरक्षामा विशेष ध्यान दिइएको प्रहरीले बताएको छ। संरक्षित जनावर रेडपाण्डालगायतका जङ्गली जनावारको तस्करी गरी बिक्री वितरण गर्ने गिरोहविरुद्धमा प्रहरी आक्रमक रूपमा लागेको छ।

लागुऔषध नियन्त्रणमा समेत प्रहरीको सक्रियता देखिएको छ। झुट्टा मुद्दा लगाउने, रकम असुल्नका लागि गरिने सबैखालका गलत क्रियाकलापप्रतिसमेत प्रहरी सचेत भएर लागेको थापाले बताए। गुनासो आउनबित्तिकै प्रहरी परिचालन गरी गुनासो सम्बोधन भएको उनले बताए। 

छिमेकी जिल्लाका सुरक्षा अधिकारीसँग सहकार्य गरी बदमासी गर्नेविरुद्ध व्यापकरूपमा खटिएको प्रहरीको भनाइ छ। 
 

प्रकाशित मिति: ०९:४९ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्