कंगनाले अमेजोनलाई ३० करोडमा बेचिन ‘मणिकर्णिका’
काठमाडौं, माघ १६ : बलिउड अभिनेत्री कगांना रनावटको फिल्म ‘मणिकर्णिका : द क्वीन अफ झांसी’ को डिजिटल राइटस अमेजोन प्राइमले किनेको छ ।
....
काठमाडौं, माघ १६ : बलिउड अभिनेत्री कगांना रनावटको फिल्म ‘मणिकर्णिका : द क्वीन अफ झांसी’ को डिजिटल राइटस अमेजोन प्राइमले किनेको छ ।
कंगानाले ३० करोड भारतीय रुपैयाँमा अमेजोनलाई डिजिटल राईटस बिक्री गरेकी हुन् । भारतीय मिडियाका अनुसार, आलिया भट्टको ‘राजी’पछि डिजिटल राईट महंगोमा बिक्री हुने अभिनेत्रीको मूख्य भूमिका रहेको दोस्रो फिल्म हो । ‘राजी’को डिजिटल राइट ३८ करोडमा बिक्री भएको थियो ।
यतिहुँदा पनि डिजिटल प्लेटफर्ममा बलिउडका अभिनेत्री मूख्य भूमिकामा रहेका फिल्म अभिनेताको भन्दा निकै पछाडि छन् । सलमान खानको ‘रेस ३’ र आमिर खानको ‘ठग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा फ्लप भएपनि डिजिटल र स्याटलाइट राइटस ७५ करोड भारतीय रुपैयाँमा बिक्री भएको थियो ।
कंगनाको ‘मणिकर्णिका’ले समिक्षकहरुबाट राम्रो प्रशंसा पाएको छ । यसले कमाइ पनि राम्रो गरिरहेको छ ।
यसले पाँच दिनमा ५२ करोड भारतीय रुपैयाँ कमाएको छ । हलहरुमा दर्शकको चाप बढिरहेको जनाएको छ ।












