Kathmandu Press

आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, असोज ८ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्न लागेको छ।ललितपुरको तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बिहान...
आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, असोज ८ : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्न लागेको छ।

ललितपुरको तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको हो।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने जनाइएको छ। एमाले केन्द्रीय कमिटी बैठक दुई दिनसम्म चल्नेछ।

एमालेको विधान महाधिवशने असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा हुने भएको छ।

प्रकाशित मिति: ०८:२२ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्