Kathmandu Press

काठमाडौंबाट गएको कार त्रिशुलीमा खस्यो, तीन बेपत्ता

चितवन, असोज ८ : काठमाडौंबाट पोखरा जाँदै गरेको कार पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नजिकै नाग्दी खोलाबाट त्रिशुली नदीमा खसेको छ। कारमा रहेका तीन...
काठमाडौंबाट गएको कार त्रिशुलीमा खस्यो, तीन बेपत्ता
फाइल तस्बिर

चितवन, असोज ८ : काठमाडौंबाट पोखरा जाँदै गरेको कार पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नजिकै नाग्दी खोलाबाट त्रिशुली नदीमा खसेको छ। कारमा रहेका तीन जना बेपत्ता भएका छन्।

ट्राफिक प्रहरी कार्यालय, मुग्लिनका अनुसार गएराति १२ः३० बजे कार दुर्घटना भएको हो। दुर्घटनामा परि एक जना घाइते भएको र तीन जना बेपत्ता रहेको ट्राफिक प्रहरी कार्यालय, मुग्लिनका असई नरहरि अधिकारीले बताए।

उनका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै १०० मिटर त्रिशुलीमा खसेको हो।

कारमा रहेका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीको उद्धार गरिएको छ। उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

दुर्घटनामा पोखरा महानगरपालिका ७ का ६० वर्षीय प्रेम भुजेल, ५५ वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षीया ईश्वी भुजेल बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनीहरुको खोजी भइरहेको छ।

प्रकाशित मिति: ०७:१७ बजे, शुक्रबार, असोज ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्