Kathmandu Press

व्यास नगरपालिकाले बेरोजगार महिलालाई अनुदान दिने

व्यास नगरपालिकाले बेरोजगार महिलालाई अनुदान दिने

तनहुँ, असोज ७ : व्यास नगरपालिकाले स्नातक उत्तीर्ण गरेका बेरोजगार महिलालाई अनुदान दिन मापदण्ड पारित गरेको छ। नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आज बसेको नगरपालिकाको बैठकले सो निर्णय गरेको हो। त्यस्तै फोहरमैलाबाट ऊर्जा उत्पादन गर्न विभिन्न अनौपचारिक प्रस्ताव आइरहेको हुदाँ इच्छुक कम्पनी वा संस्थासँग लागत साझेदारीका आधारमा नियमानुसार प्रस्ताव माग गर्ने निर्णय भएको छ। 

नगरपालिकाअन्तर्गत कार्यरत बालविकास शिक्षक, माध्यमिक विद्यालयका लेखापाल र विद्यालयका कार्यालय सहयोगीलाई क्रमशः १५ हजार १०० र १४ हजार ५०० रुपैयाँ श्रावण महिनादेखि पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए। 

प्रकाशित मिति: २०:११ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्