Kathmandu Press

काठमाडौं महानगरमा आइतबारदेखि विद्यालय खुल्ने, तोकिए यस्ता मापदण्ड 

नगरपालिकाको शिक्षा विभागले बुधबारको बैठकद्वारा विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित आइतबार विद्यालय खोल्नका लागि महानगरभित्रका सम्पूर्ण विद्यालयहरुलाई पत्राचार गरेको हो ।
काठमाडौं महानगरमा आइतबारदेखि विद्यालय खुल्ने, तोकिए यस्ता मापदण्ड 

काठमाडौं, असोज ७ : काठमाडौं महानगरपालिकामा आइतबार (असोज १०) बाट विद्यालयहरु सञ्चालनमा आउने भएका छन् । महानगरभित्रका स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालय असोज १० गते सञ्चालन गर्न सकिने नगर शिक्षा समितिले निर्णय गरेको हो ।

नगरपालिकाको शिक्षा विभागले बुधबारको बैठकद्वारा विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित आइतबार विद्यालय खोल्नका लागि महानगरभित्रका सम्पूर्ण विद्यालयहरुलाई पत्राचार गरेको हो ।

बुधबार महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित यस्तो निर्णय गरेको हो। हिजोको बैठकमा कार्यपालिका सदस्यहरू, जिल्ला प्रशासन कार्यालय काठमाडौं प्रशासकीय अधिकृत, प्याब्सन र एन प्याब्सनका प्रतिनिधिहरू, सामुदायिक विद्यालय विद्यालयका प्रधानाध्यापकसहित शिक्षा समितिका पदाधिकारीहरू सहभागी थिए।

महानगरपालिकाले बनाएको मापदण्डमा विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित वडासमेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी सहमति र समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्नुपर्ने छ।

विद्यालयमा विद्यार्थीहरूको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालक लगायत सबैले खोप लगाएको सुनिश्चित गर्ने यदि खोप लगाउन कोही बाँकी भए तुरुन्त महानगरपालिकाको जनस्वास्थ्य विभागमा सम्पर्क राखी खोप लगाउनुपर्ने लगायतका मापदण्ड राखिएको छ । 

के-के छन् मापदण्ड ?

प्रकाशित मिति: १९:३४ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्