Kathmandu Press

प्रदेश नं १ मा २८४ जनामा कोरोना सङ्क्रमण

प्रदेश नं १ मा २८४ जनामा कोरोना सङ्क्रमण
Hardik ivf

विराटनगर, असोज ७ : पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा २८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सो अवधिमा ८२० जनाको पीसीआर परीक्षण गर्दा १६७ र ५०६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज पनि सबैभन्दा बढी झापा ७७ मा र पालिकामध्ये सबैभन्दा बढी विराटनगरमा ३१ जनामा कोरोना सङ्क्रमण भएको पाइएको छ। सो अवधिमा मोरङमा ५४, सुनसरीमा २४, इलाममा छ, धनकुटामा तीन, उदयपुरमा दुई र प्रदेश बाहिरका एक जनामा सङ्क्रमण देखिएको हो। प्रदेशमा आजै २४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा १२५ महिला र १२१ पुरुष छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट चार पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १९:१० बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्