Kathmandu Press

षड्यन्त्र गरेर मलाई फसाइएको हो : उपसभापति गच्छदार

विराटनगर, असोज ७ : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताएका छन्। उनले आफूलाई षड्यन्त्र गरेर फसाइएको...
षड्यन्त्र गरेर मलाई फसाइएको हो : उपसभापति गच्छदार

विराटनगर, असोज ७ : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताएका छन्। उनले आफूलाई षड्यन्त्र गरेर फसाइएको बताएका छन्। 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उपसभापति गच्छदारले आफू सधै जनताको हक अधिकारका लागि लड्ने गरेको बताउँदै मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारबाही गर्न नमिल्ने र यदी कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषद्माथि गर्नुपर्ने तर्क गरे। उनले ५० वर्षको राजनीतिक यात्रामा अख्तियारले आफूमाथि अन्याय गरेको धारणा राखे। ‘म अझै ११ वर्ष सक्रिय राजनीति गरिरहने छु,’ उनले भने। 

उपसभापति गच्छदारले न्यायलयले न्याय दिने विश्वास व्यक्त गरे। उनले आफूलाई षड्यन्त्र गरेर फसाउनेका विरुद्ध जनता र स्वयं पार्टी नै उभिएको बताए। जनताका अधिकार र संसदीय प्रजातन्त्रका लागि लडिरहने बताउँदै उनले आफूले भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा उभिन तयार रहेको बताए।

प्रकाशित मिति: १८:२८ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्