Kathmandu Press

राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपतिबाट विनियोजन विधेयक प्रमाणीकरण

काठमाडौं, असोज ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले ‘विनियोजन विधेयक, २०७८’ प्रमाणीकरण गरेकी छन् ।

संघीय संसदका दुवै सदनबाट पारित भएर बिहीबार सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक प्रमाणकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए ।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रकाशित मिति: १८:१८ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्