‘एक चीन नीति’को पक्षमा नेपाल सधैं प्रतिबद्ध : राष्ट्रपति
काठमाडौं, असोज ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले ‘एक चीन नीति’को पक्षमा नेपाल सधैं प्रतिबद्ध रहँदै आएको बताएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा आज (बिहीबार)...
काठमाडौं, असोज ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले ‘एक चीन नीति’को पक्षमा नेपाल सधैं प्रतिबद्ध रहँदै आएको बताएकी छन्।
राष्ट्रपति भवन शीतल निवासमा आज (बिहीबार) आयाजित ‘सी चिन पिङ : चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गदैृ उनले नेपाल एक चीन नीतिमा सधैं प्रतिबद्ध रहेको बताएकी हुन्।
राष्ट्रपति भण्डारीले मित्रराष्ट्र चीनका जायज चासो र सरोकारप्रति नेपाल सधैं संवेदनशील रहेको स्पष्ट पारिन्। शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगप्रति उनले आभार प्रकट गरिन्।
दुई देशबीचको साझेदारीलाई अझ सघन तुल्याउनुपर्नेमा उनले जोड दिइन्।
कोरोनाविरुद्धको खोप उपलब्ध गराउने र आर्थिक रूपमा सर्वसुलभ बनाएर सबैको पहुँच सुनिश्चित गर्ने चिनियाँ राष्ट्रपति सीको मानवतावादी प्रतिबद्धताबाट नेपाललगायत विश्वका धेरै देश लाभान्वित भएको भन्दै उनले बताइन्।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच परापूर्वकालदेखि नै मैत्रीपूर्ण घनिष्ठ सम्बन्ध रहिआएको बताइन्। दुई देशलाई महान् बौद्ध सभ्यताको साझा बिरासतले आपसमा जोडेको उनको भनाइ थियो।











