एकीकृत समाजवादी १८ पदाधिकारी, मुकुन्द न्यौपानेलाई तेस्रो वरीयता
काठमाडौं, असोज ७ : अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल रहेको सो पार्टीले मुकुन्द न्यौपानेलाई नेता बनाएको छ। न्यौपानेले उपाध्यक्षमा रहन अस्वीकार...
काठमाडौं, असोज ७ : अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाल रहेको सो पार्टीले मुकुन्द न्यौपानेलाई नेता बनाएको छ। न्यौपानेले उपाध्यक्षमा रहन अस्वीकार गरेपछि उनलाई तेस्रो वरीयतासहित नेता बनाइएको हो। पहिलो वरीयतामा अध्यक्ष नेपाल र दोस्रो वरीयतामा वरिष्ठ नेता खनाललाई राखिएको छ।
एकीकृत समाजवादी पार्टीको आज (बिहीबार) बसेको केन्द्रीय कमिटी बैठकले १८ पदाधिकारीको टुंगो लगाएको हो।
पार्टीले राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाश शाह र जयन्ती राईलाई उपाध्यक्ष बनाएको हो। वेदुराम भुसाललाई महासचिव बनाएको छ भने प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल उपमहासचिव चयन गरेको छ।
बैठकले जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्रीलाई सचिव बनाएको छ।
मंगलबार सुरु भएको बैठक बुधबार समापन गर्ने भनिए पनि पदाधिकारी टुंगो लगाउन नसक्दा आजसम्म लम्बिएको थियो।
बैठकले ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो कमिटी बनाउने निर्णय गरेको छ। समग्रमा पार्टी केन्द्रीय कमिटी पूर्ण र वैकल्पिक केन्द्रीय सदस्यसमेत गरी ३०१ सदस्यीय हुने बैठकपछि उक्त पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
केन्दीय बाहेक सबे कमिटीमा दुई उपाध्यक्ष राख्ने, सबै कमिटमिा महिला र युवालाई एक तिहाइ पु¥याउन प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ।













