तातोपानीबाट दैनिक २० ट्रक सामान पठाउन चिनियाँ अधिकारीहरू सहमत
सिन्धुपाल्चोकको तातोपानी नाकाबाट दैनिक २० ट्रक सामान पठाउन चिनियाँ अधिकारीहरू सहमत भएका छन् ।
काठमाडौं, असोज ७ : सिन्धुपाल्चोकको तातोपानी नाकाबाट दैनिक २० ट्रक सामान पठाउन चिनियाँ अधिकारीहरू सहमत भएका छन् ।
ल्हासास्थित नेपाली महावाणिज्यदूत नवराज ढकालका अनुसार बिहीबार सम्पन्न बैठकमा चिनियाँ अधिकारीहरूले चीनतर्फबाट सामान निर्यातको परिमाण बढाउन सहमति दिएका हुन् । अहिले तातोपानी नाकाबाट दैनिक १० ट्रक सामान मात्र आयात हुँदै आएको छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतका अधिकारीहरूसँग नेपाली पक्षले बिहीबार सामान निर्यातका विषयमा छलफल गरेको थियो ।
यस्तै, १५ हजार मेट्रिक टन मल बोकेको कार्गो नेपाल पठाउन सहजीकरणका लागि पनि चिनियाँ पक्ष तयार भएको छ ।
केरुङ–रसुवागढी नाकाबाट सामान निर्यातको परिमाण बढाउन अध्ययन अगाडि बढाउन चिनियाँ पक्ष सहमत भएको छ ।
प्रकाशित मिति: १६:२७ बजे, बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











