एकीकृत समाजवादीले कुनै पार्टीसँग एकता गर्दैन : नेपाल
काठमाडौं, असोज ७ : नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमालेले आफ्नो पार्टी पार्टी अरूसँग मिसिन लागेको भनेर गलत प्रचार गरिरहेकाले त्यसलाई खण्डन...
काठमाडौं, असोज ७ : नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमालेले आफ्नो पार्टी पार्टी अरूसँग मिसिन लागेको भनेर गलत प्रचार गरिरहेकाले त्यसलाई खण्डन गर्न नेताकार्यकर्तालाई निर्देशन दिए।
आज (बिहीबार) पार्टीको मंगलबार सुरु भएको पहिलो केन्द्रीय कमिटी बैठक समापनका अवसरमा बोल्दै उनले भने, ‘एमालेले एकीकृत समाजवादीका बारेमा गलत प्रचार गरिरहेको छ। हामीलाई पार्टीमा मिसिन खोजेको भनिरहेको छ,’ उनले भने, ‘एकीकृत समाजवादीले कोहीसँग पार्टी एकता गर्दैन।’
उनले एकीकृत समाजवादी समेत रहेको सत्तारुढ गठबन्धनलाई कसैले भत्काउन नसक्ने जिकिर पनि गरे। ‘हामी पाँच दलको गठबन्धनमा सहभागी छौं। पाँचवटै पार्टीका नेताका बीचमा निकै सुमधुर सम्बन्ध रहेकाले कसैले प्रयास गर्दैमा गठबन्धन टुट्दैन,’ उनले भने।
गठबन्धनले आगामी चुनावसम्म मात्र नभएर चुनावपछि निरन्तरता पाउने उनको भनाइ थियो।
अध्यक्ष नेपालले आफूहरूको पार्टी निश्चित मापदण्ड र पद्धतिका आधारमा अघि बढ्ने दाबी गरे। ओलीले गुट बनाएजसरी एकीकृत समाजवादी सञ्चालन नहुने उनको भनाइ थियो।











