एमसिसीकै कारण सत्तारुढ गठबन्धन टुट्दैन : प्रचण्ड
काठमाडौं, असोज ७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई अगाडि सारेर गठबन्धन टुटाउने षड्यन्त्र भएको बताएका छन्। तर एमसिसी सम्झौताकै कारण...
काठमाडौं, असोज ७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीलाई अगाडि सारेर गठबन्धन टुटाउने षड्यन्त्र भएको बताएका छन्। तर एमसिसी सम्झौताकै कारण कुनै हालतमा सत्तारुढ गठबन्धन नटुट्ने उनले दाबी गरे।
बिहीबार काभ्रेपलान्चोकमा आयोजित वाइसीएलको नगर सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘एमसिसी ल्याएर दिमाग खराब गरिदिने, गठबन्धन टुटाइदिने सपना देखेका छन्, एमसिसी भएपछि शेरबहादुर र प्रचण्ड झगडा गर्छन् भन्ने छ।’ संविधान र राष्ट्रको रक्षाका लागि गठबन्धन बनेको उनको भनाइ थियो।
तर सत्तारुढ गठबन्धनमा एमसिसी सम्झौताभन्दा गठबन्धनलाई महत्व दिने सहमति भएकाले ढुक्क भएर अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिए। उनले आफूहरु एमसीसी परिमार्जन र संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको दाबी गरे।
हाल सत्तारुढ गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा छन्।











