Kathmandu Press

प्रतिनिधिसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतबाट पारित

एमाले सांसदहरूको अवरोधबीच प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक बहुमतबाट पारित भएका छन् ।
प्रतिनिधिसभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक बहुमतबाट पारित

काठमाडौं, असोज ७ : एमाले सांसदहरूको अवरोधबीच प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०७८’ र राष्ट्र ऋण उठाउने विधेयक बहुमतबाट पारित भएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई विधेयक निर्णयार्थ प्रस्ताव गर्न अनुमति दिएका थिए ।

सभामुखले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतबाट विधेयक पारित भएको थियो ।

प्रतिनिधिसभामा अर्थमन्त्री शर्मा राष्ट्र ऋण उठाउने विधेयक छलफलका लागि प्रस्तुत गरेका थिए । विधेयकमाथि भएको छलफलपछि विधेयकलाई सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए । र, सदनले बहुमतबाट पारित गरेको थियो ।

प्रकाशित मिति: १५:१० बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्