एमाले सांसदहरूको अवरोधबीच प्रतिनिधिसभा बैठक अगाडि बढ्यो
एमाले सांसदहरूको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अगाडि बढाएका छन्।काठमाडौं, असोज ७ : एमाले सांसदहरूको अवरोधका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अगाडि बढाएका छन् ।
एमालेको अवरोधबीच डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुखले पढेर सुनाएका थिए ।
त्यसपछि प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई विनियोजन विधेयक, २०७८ बहुमतले पारित भएको राष्ट्रियसभाबाट प्राप्त सन्देश प्रस्तुत गर्न सभामुखले अनुमति दिएका थिए ।
त्यसपछि ‘आर्थिक विधेयक, २०७८’ माथि छलफल सुरु भएको थियो । विधेयकमाथि नेमकिपा सांसद प्रेम सुवाललाई आफ्नो संशोधन प्रस्तुत गर्न सभामुखले अनुमति दिएका थिए ।
प्रकाशित मिति: १४:४१ बजे, बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











