Kathmandu Press

प्रतिनिधिसभा बैठकमा बिहीबार पनि एमालेको अवरोध निरन्तर

प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले अवरोध कायम राखेका छन् ।
प्रतिनिधिसभा बैठकमा बिहीबार पनि एमालेको अवरोध निरन्तर

काठमाडौं, असोज ७ : प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले अवरोध कायम राखेका छन्।

आफ्ना तत्कालीन १४ जना सांसदलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमाले सांसदहरूले संघीय संसदका बैठकमा निरन्तर अवरोध गर्दै आएका छन् ।

बिहीबारको बैठकमा पनि सभामुख अग्निप्रसाद सापकोटाले सदनको कारवाही सुरु गर्नासाथ एमाले सांसदहरूले रोस्ट्रम अघिल्तिर पुगेर नाराबाजी थालेका छन् ।

उनीहरूले २३ भदौदेखि सुरु भएको संघीय संसदको नवौँ अधिवेशनका बैठक पहिलो दिनदेखि नै अवरुद्ध बनाउँदै आएका छन् ।

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्