राष्ट्रियसभाबाट विनियोजन विधेयक-२०७८ पारित
उक्त विधेयक पारित भएसँगै भोलि (शुक्रबार) सम्मका लागि राष्ट्रियसभा बैठक स्थगित भएको छ।
काठमाडौं, असोज ७ : नेकपा एमालेका सांसदहरूको विरोधबीच राष्ट्रियसभाबाट विनियोजन विधेयक २०७८ पारित गरिएको छ।
आज बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत सांसदले समर्थन जनाएपछि उक्त विधेयक पारित भएको हो।
उक्त विधेयक पारित भएसँगै भोलि (शुक्रबार) सम्मका लागि राष्ट्रियसभा बैठक स्थगित भएको छ।
प्रकाशित मिति: १४:२१ बजे, बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











