Kathmandu Press

अमेरिका र चीनद्वारा परराष्ट्रमन्त्री डा. खड्कालाई बधाई

काठमाडौं, असोज ७ : अमेरिका र चीनले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई दिएका छन्।नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र चिनियाँ राजदूत होउ...
अमेरिका र चीनद्वारा परराष्ट्रमन्त्री डा. खड्कालाई बधाई

काठमाडौं, असोज ७ : अमेरिका र चीनले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बधाई दिएका छन्।

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र चिनियाँ राजदूत होउ यान्छीले आज (बिहीबार) ट्विटरमार्फत डा. खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन्। 

बेरीले कोरोना नियन्त्रण, जलवायु परिवर्तनलगायत द्विपक्षीय हितका विषयमा मिलेर काम गर्न आफू तयार रहेको बताएका छन् भने यान्छीले द्विपक्षीय हित र नेपाल-चीनबीच सम्बन्ध थप उचाइमा पुर्‍याउन नजिक भएर काम गर्ने उल्लेख गरेकी छन्।

प्रकाशित मिति: १३:४८ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्