काठमाडौं महानगरका विद्यालय खोल्न २७ बुँदे मापदण्ड तय (पूर्णपाठसहित)
काठमाडौं, असोज ७ : काठमाडौं महानगपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय सञ्चालनका लागि २७ बुँदे मापदण्ड तय गरेको छ।सो मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि...
काठमाडौं, असोज ७ : काठमाडौं महानगपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय सञ्चालनका लागि २७ बुँदे मापदण्ड तय गरेको छ।सो मापदण्ड पूरा गरेका विद्यालय असोज १० गतेदेखि सञ्चालन गर्न सकिने निर्णय महानगरले गरेको हो।
नगर शिक्षा समितिका अध्यक्षसमेत रहेका महानगर प्रमुख एवं विद्यासुन्दर शाक्यको अध्यक्षतामा बुधबार साँझ बैठक बसेको थियो। सोही बैठकले मापदण्ड जारी गरेको हो।
भौतिक रूपमा विद्यार्थीको उपसिथतिमा कक्षा सञ्चालन गनुएअघि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र सम्बन्धित वडाका प्रतिनिधि बसेर विद्यालय सञ्चालन वातावरणबारे समझदारी बनाउनपर्ने महानगरले जनाएको छ।
विद्यालयले कक्षा सञ्चालनका लागि विस्तृत कार्ययोजना बनाई अनिवार्य रूपमा शिक्षा विभागमा पेस गर्नुपर्ने पनि २७ बुँदै मापदण्डमा उल्लेख छ।
विद्यार्थीको सम्पर्कमा रहने शिक्षक, कर्मचारी, चालक, सहचालकसँगै विद्यालयको सरसफाइ र सुरक्षामा खटिने सबैले कोभिड-१९ विरुद्धको खोप लगाएको सुनिश्चित गर्नुपर्ने अन्यथा खोपका लागि तुरुन्त महानगरको स्वस्थ्य विभागमा सम्पर्क राख्नुपर्ने मापदण्डमा उल्लेख छ।
विद्यालय तथा कक्षा कोठा पूर्ण सरसफाइको सुनिीश्चतता गर्नुपर्ने, विद्यार्थी संख्या, जनशक्ति तथा भौतिक पूर्वाधारका आधारमा फरकफरक दिन या सिफ्टमा कक्षा सञ्चालन गर्नुपर्ने, ज्वरो परीक्षण, साबुनपानी या सेनिटाइजर, जगेडा राखेर मास्क आदिको प्रयोग अनिवार्य गर्ने मापदण्डमा उल्लेख छ।
विद्यालय गेट, कक्षाकोठा, शौचालय आदिको प्रयोग भौतिक दूरी कायम गरी पालैपालो गर्ने, खाजापानीको प्रबन्ध विद्यार्थी स्वयंले गर्नुपर्ने, कक्षाकोठामा भौतिक दूरीसहितको बसाइ व्यवस्थापन, अस्वस्थ अवस्थाका विद्यार्थी, शिक्षाकलगायतलाई बिदामा राख्नेलगायत व्यवस्था अनिवार्य गर्नुपर्ने मापदण्डमा उल्लेख छ।












