Kathmandu Press

पसलमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट 

पसलमा आगलागी हुँदा विभिन्न धनमाल जलेर नष्ट 
Hardik ivf

झापा, असोज ७ : दमक नगरपालिका–८ स्थित एक पसलमा आगलागी हुँदा ७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।

उक्त पसल भारत बिहार प्रदेश दरभंगा घर भएका ३८ वर्षीय मो. सुमन मियाँको रहेको प्रहरीले जनाएको छ। रुवा पेल्ने मेसिनबाट लाइन सर्ट भई बुधबार दिउँसो आगलागी भएको प्रहरीको भनाइ छ। 

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ।
 

प्रकाशित मिति: १३:१५ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्