असोज ८ र ९ गतेका लागि बाेलाइयाे एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं, असोज ७ : असोज ८ र ९ गते एमाले केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ।
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ।
एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ सम्म काठमाडौंमा हुँदैछ। त्यसैको तयारीका लागि आवश्यक छलफल गर्न सो बैठक बोलाइएको केन्द्रीय कार्यालयको भनाइ छ।
विधान महाधिवेशनमा पेस गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन, सांगठनिक संरचना बैठकका एजेन्डा रहेको बताइएको छ।
यसअघि यी विषयमा छलफल गरेपछि स्थायी कमिटी बैठकले तिनलाई केन्द्रीय कमिटी बैठकमा लाने निर्णय गरिसकेको छ।
प्रकाशित मिति: १२:५७ बजे, बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











