बैंक तथा वित्तीय संस्थाको सीईओ छनोट अब राष्ट्र बैंकले नै गरिदिने
काठमाडौं, साउन १४ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओे) को छनोट आफैंले गर्ने भएको छ।
<....
काठमाडौं, साउन १४ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको प्रमुख कार्यकारी अधिकृत (सीईओे) को छनोट आफैंले गर्ने भएको छ।
मंगलबार संसदीय समितिको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुको सीईओे छनौट राष्ट्र बैंक आफैले गर्ने गरी मौद्रिक नीति तय गरिएको बताएका हुन्।
उनले बैंक तथा वित्तीय संस्थाको स्वच्छताका लागि पनि त्यसका सीईओेको छनौंटमा हस्तक्षेप गर्न लागिएको पनि स्पष्ट पारे। उनले बैंक तथा वित्तीय संस्थाहरुको लगानी उत्पादनमूलक क्षेत्रमा लगाउने कामलाई उच्च प्राथमिकता दिइएको पनि बताए।
बैठकमा सांसदहरुले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकको सीईओे बनाउँदा पनि नियमन गर्न नसकेको भन्दै राष्ट्र बैंकको चर्को आलोचना गरेका थिए। सांसद हृदयश त्रिपाठीले बैंकिङ कसुर लागेकाहरुलाई पनि बैंकले सीईओे नियुक्ति गर्दा पनि कारबाही गर्न नसकेको भन्दै राष्ट्र बैंकको चर्को आलोचना गरे।
बैठकमा सांसद तेजुलाल चौंधरीले गैर कृषकहरुलाई कृषि लोन प्रवाह गर्दा पनि नियमन गर्न नसकेको भन्दै राष्ट्र बैंकको भूमिका माथि प्रश्न उठाएका थिए। उनले कृषि लोनमा विचौलियाहरुको प्रवेश निषेध गर्न पनि राष्ट्र बैंकलाई सचेत गराए।
सांसद चौंधरीले बैंकहरुले निक्षेप संकलनको नाममा सर्वसाधारणलाई ठगी गरिरहेको आरोप पनि लगाए।










-1754206481.jpg)
