अवैध तरिकाले भारत लैजाँदै गरेको केराउ बरामद
कपिलवस्तु, असोज ७ : अवैध रूपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २७ लाख रुपैयाँ मूल्यबराबरको २ सय २५ क्विन्टल हरियो केराउ बुधबार प्रहरीले...
कपिलवस्तु, असोज ७ : अवैध रूपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको करिब २७ लाख रुपैयाँ मूल्यबराबरको २ सय २५ क्विन्टल हरियो केराउ बुधबार प्रहरीले बरामद गरेको छ।
कृष्णनगर नगरपालिका–२ गल्लामण्डी र सोही नगरपालिका–१ स्थित कृष्णनगर चन्द्रौटास्थित सडक हुँदै ६ वटा ट्रकमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त केराउ फेला पारी इलाका प्रहरी कार्यालय कृष्णनगर र बोडर आउट पोष्ट कृष्णनगरबाट खटिएको प्रहरीले ट्रक सहित बरामद गरेको हो।
बरामद ट्रक तथा हरियो केराउ आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रकाशित मिति: १२:४० बजे, बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)