Kathmandu Press

सुडानमा भएको सत्ता हत्याउने प्रयासको दक्षिण सुडानद्धारा निन्दा

सुडानमा भएको सत्ता हत्याउने प्रयासको दक्षिण सुडानद्धारा निन्दा

जुबा, असोज ७ : दक्षिण सुडानले सुडानमा हालै भएको सत्ता हत्याउने प्रयासको निन्दा गरेको छ। सो प्रयासलाई दक्षिण सुडानले प्रजातान्त्रिक प्रक्रियामाथिको हमला भनेको छ। 

अहिले सुडान राजनीतिक सङ्क्रमणबाट गुज्रिएकोले यसलाई राजनीतिक स्थायित्वतर्फ लैजान प्रयास गर्नुको सट्टा राजनीतिक ‘कू’ को प्रयास गर्नु निन्दनीय भएको दक्षिण सुडानको विदेश मन्त्रालयले जनाएको छ। 

सुडान अहिले राजनीतिक सङ्क्रमणकालको चरणमा रहेकाले यहाँका राजनीतिक दलहरुले यसअघि गरेका प्रतिबद्धताअनुसार प्रजातान्त्र सुदृढ गर्न लाग्नुपर्ने सो मन्त्रालयले जनाएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले पनि सुडानमा राजनीतिक सत्ता हत्याउने प्रयास भएको भन्दै सो घटनाको निन्दा गरेका थिए।
 

प्रकाशित मिति: १२:३७ बजे, बिहीबार, असोज ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्