Kathmandu Press

घट्यो सुनको मूल्य, तोलाको कति ?

घट्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौं, असोज ७ : नेपाली बजारमा आज सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ। 

बुधबार ९० हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० रुपैयाँ तोकिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुन बुधबार प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। 

महासङ्घका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा आज प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी बुधबार प्रतितोला एक हजार १६५ रुपैयाँमा कारोबार भएको थियो भने आज प्रतितोला एक हजार १५५ रुपैयाँ तोकिएको छ। 

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ। 
 

प्रकाशित मिति: ११:३६ बजे, बिहीबार, असोज ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्