Kathmandu Press

एकीकृत समाजवादीको महासचिवमा वेदुराम भुसाल प्रस्तावित

काठमाडौं, असोज ७ : नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजेका लागि तय गरिएको छ। आजको बैठकले...
एकीकृत समाजवादीको महासचिवमा वेदुराम भुसाल प्रस्तावित

काठमाडौं, असोज ७ : नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। 

बैठक बिहान ११ बजेका लागि तय गरिएको छ। आजको बैठकले महासचिवमा  वेदुराम भुसाललाई चयन गर्ने भएको छ। 

महासचिवको लागि राष्ट्रिय सभाका सदस्य  वेदुराम भुषालको नाममा सहमति जुटेको नेताहरुको दावी छ। नेकपा एसले आगामी तीन महिनामा राष्ट्रिय सम्मेलन गर्ने घोषणा गरिसकेको छ।

महासचिवमा भुसालसहित मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए। तर भुसाललाई महासचिवमा नियुक्त गरिने बताइएकाने छ । साथै आजको बैठकले तीन महिने कार्ययोजना पास गर्ने छ।

प्रकाशित मिति: ११:१२ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्