लेखा पेशासम्बन्धी सम्मेलन हुँदै
काठमाडौं, माघ १६ : नेपालमा लेखा पेशा र अबको बाटोसम्बन्धी एकदिवसीय सम्मेलन काठमाडौंमा गरिने भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक....

काठमाडौं, माघ १६ : नेपालमा लेखा पेशा र अबको बाटोसम्बन्धी एकदिवसीय सम्मेलन काठमाडौंमा गरिने भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले समृद्ध नेपालको यात्रा तय गर्नको लागि स्वच्छ र विश्वासयोग्य लेखा परीक्षण आवश्यक रहेको भन्दै लेखा व्यवसाय र अबको बाटो (अकाउन्टिङ प्रोफेसन एण्ड वे फरवार्ड) सम्मेलन गर्न थालेको हो ।
संस्थाको २२औँ वार्षिकोत्सवको अवसर पारेर अर्थमन्त्री र नियामक नियकाहरूको उपस्थितिमा १७ माघमा काठमाडौंमा गरिने सम्मेलन गरिन लागेको हो । सम्मेलनमा डाटा सुरक्षा (ब्ल्किङ) र वित्तीय बजार, लेखामा कसरी गुणस्तरीयता प्रदान गर्न सकिन्छ र कुन आधारमा गुणस्तरको आश्वस्तता दिलाउन सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरिने छ ।
त्यस्तै, संस्थागत सुशासनको लागि व्यवसायिक लेखापालकहरुको भूमिकाका साथै संस्थागत सुशासन रिपोर्टिङ, नेपालमा बैंक तथा वित्तीय संस्था र बीमा क्षेत्रमा लागि गरिएका नेपाल वित्तीय प्रतिवेदनमाका सम्बन्धमा अनुभव आदान प्रदान गरिने जनाएको छ ।
यो सम्मेलनले चार्टर एकाउन्टे क्षेत्रमा देखिएको समस्या र समाधानको उपायका साथै आम जनाताका चारर्टड एकाउन्टेले गरेको कामलाई विश्वासमय दिलाउन सहयोग पुग्ने आइक्यानका अध्यक्ष जगनाथ उपाध्यायले बताए ।
संस्थामा एक हजार तीन सय ३७ चार्टर्ड एकाउन्टेन्ट्स सदस्य र सात हजार दुई सय ५९ दर्तावाला लेखापरीक्षक सदस्य रहेका छन् भने चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्न तहमा गरी करीव १४ हजार विद्यार्थी अध्यनरत रहेका छन् ।











-1754206481.jpg)