Kathmandu Press

कांग्रेस निर्वाचन : काभ्रेमा सभापतिमा दोब्बर बढी आकांक्षी

काभ्रेपलाञ्चोक, असोज ७ : नेपाली कांग्रेस बनेपा नगर सभापतिमा दुई जनाले एक साताअघिदेखि सार्वजनिकरूपमा उम्मेदवारी घोषणा गरेका छन्। आउँदो शनिबार हुने नगर निर्वाचनमा दुई...
कांग्रेस निर्वाचन : काभ्रेमा सभापतिमा दोब्बर बढी आकांक्षी

काभ्रेपलाञ्चोक, असोज ७ : नेपाली कांग्रेस बनेपा नगर सभापतिमा दुई जनाले एक साताअघिदेखि सार्वजनिकरूपमा उम्मेदवारी घोषणा गरेका छन्। आउँदो शनिबार हुने नगर निर्वाचनमा दुई आकाङ्क्षी वर्तमान नगरसचिव महेश कर्माचार्य र पार्टी जिल्ला प्रशिक्षण विभागका सचिव शान्तिरत्न शाक्यले नगर सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत आउँदो शनिबार जिल्लामा हुने नगर तथा गाउँ अधिवेशनमा सभापति पदमा दोब्बर आकाङ्क्षी देखिएका छन्। जिल्लामा छ नगर र सात गाउँपालिका छन्। अधिवेशनमा स्थानीयस्तरसम्म जिल्लामा दुई धारको प्रभाव रहेकाले सर्वसम्मत हुने अनिश्चितप्रायः देखिन्छ। यद्यपि नगर तथा गाउँ सभपातिका केही आकांक्षी भने गत मङ्गलबार भएको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित नहुँदा उम्मेदवारीबाट विमुख भएका छन्।

धुलिखेल नगर सभापतिमा बिदुरबहादुर बस्नेत, विमल ब्याञ्जू र विनोद गौतम, पाँचखाल नगरमा गणेश अधिकारी, हेम लामा र सुन्दर लामा, नमोबुद्ध नगरमा कुन्साङ लामा र दिनेश भुर्तेल, मण्डनदेउपुर नगरमा रामहरि सापकोटा र कश्यप पौडेल तथा पनौती नगरमा हाल एकमात्रै रामशरण भण्डारीको चर्चा छ। 

यस्तै रोशी गाउँपालिकामा पदम लामा, लक्ष्मी बर्तौला र हस्तबहादुर लामा, भुम्लु गाउँपालिकामा दावा लामा र तस्वीर लामा, खानीखोला गाउँपालिकामा क्षेत्र लामा, सोनाम लामा र गोपाल दर्लामी, तेमाल गाउँपालिकामा ज्ञानबहादुर लामा र सञ्जिव लामा, चौँरीदेउराली गाउँपालिकामा किशोरराज गिरी र चन्द्र लामा, महाभारत गाउँपालिकामा देवराज योञ्जन र रकमसिं घलान तथा बेथानचोक गाउँपालिकामा पे्रमबहादुर तिमल्सिना र मछिन्द्र लामाबीच प्रतिस्पर्धा हुने देखिएको छ।

जिल्ला सभापतिमा भने आकाङ्क्षी वर्तमान सभापति मधुप्रसाद आचार्य, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईँ, उपसभापति अच्युत पौडेल, सचिव दिनेश लामा, पूर्वसांसद तीर्थ लामा, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाईँ र पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल देखिएका छन्। 

गाउँरनगर अधिवेशनमा वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले नगर सभापतिसहित कार्यसमिति चयन गर्ने जिल्ला सचिव दिनेश लामाले जानकारी दिए। उनका अनुसार करिब दुई हजार ४०० प्रतिनिधि वडाबाट निर्वाचित भएका छन्। समितिका अनुसार नगर तथा गाउँ निर्वाचनमा सभापतिसहित क्रियाशील सदस्यताका आधारमा समावेशी कार्यसमितिको गाउँरनगर कार्यसमिति चयन गर्नेछ।

गाउँरनगर पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव तथा निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष छनोट हुनेछन् । जिल्ला समितिमा १९ हजार १० क्रियाशील सदस्य छन् । समितिमा हाल अद्यावधिक क्रियाशील सदस्यमध्ये आधा नवीकरण र आधा नयाँ क्रियाशील सदस्य हुन्।

पार्टीको निर्वाचन कार्यतालिकाअनुसार यही असोज ९ गते गाउँरनगर अधिवेशन हुने भएको हो। पार्टीको बुधबारको निणर्यअनुसार बाँकी प्रदेश क्षेत्र, प्रतिनिधिसभा क्षेत्र तथा जिल्ला अधिवेशनलगायत माथिल्लो तहका अधिवेशनरमहाधिवेशन दशैँपछि हुनेछ। यसअघि असोज १२ गते प्रदेश क्षेत्र, १५ गते प्रतिनिधिसभा क्षेत्र तथा असोज १८ गते जिल्ला अधिवेशनको मिति तय भएको थियो। यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको थियो।

काभ्रेपलाञ्चोकमा भने निर्वाचन कार्यतालिकाअनुसार मङ्गलबार १३५ वडामध्ये १२७ वडाको अधिवेशन सम्पन्न भएको छ। मङ्गलबार भुम्लु गाउँपालिका–२ र ४, धुलिखेल नगरपालिका–१२, बनेपा नपा–९, खानीखोला गाउँपालिका–१, पनौती नपा–१० र ११ मा विवादका कारण वडा अधिवेशन स्थगन भएको सचिव लामाले जानकारी दिए। लामाका अनुसार बनेपा–९, खानीखोली–१ तथा पनौती–१० र ११ मा बुधबार अधिवेशन सम्पन्न भएको छ भने बाँकी वडाका अधिवेशनबारे छलफल भइरहेको छ। अधिकांश वडा कार्यसमिति सर्वसम्मत निर्वाचित भएको जनाइएको छ। 

 

प्रकाशित मिति: १०:३३ बजे, बिहीबार, असोज ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्