आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, असोज ७ : प्रतिनिधिसभाको बैठक आज दिउसो २ बजे बस्न लागेको छ।
केही दिनयता प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ। एमालेको सांसदको अवरोधबीच बजेट पारित गरिएको थियो।
आज बस्ने प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयकमाथि छलफल हुने संसदीय सचिवालयले जनाएको छ। सचिवालयका अनुसार उक्त विधेयकमाथि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायत कार्यसूची रहेका छन्।
कारबाहीका लागि सिफारिश गरेका १४ जनाको सांसदको सूची टाँस नगरेको भन्दै एमालेले सभामुख अग्निप्रसाद सापकोटाको विरोध गर्दै आएका छन्।
गत भदौ १ गते एमाले विभाजन भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको छ। सभामुखले कारबाहीको सूचना टाँस नगर्दा पार्टी विभाजन भएको एमाले सांसदहरुको भनाइ छ।











