परराष्ट्रमन्त्री डा. खड्कालाई भारतीय समकक्षी जयशंकरले दिए बधाइ
परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भारतीय समकक्षी एस जयशंकरले बधाइ ज्ञापन गरेका छन् ।
काठमाडौं, असोज ६ : परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भारतीय समकक्षी एस जयशंकरले बधाइ ज्ञापन गरेका छन् ।
आफ्नो आधिकारिक ट्विर ह्यान्डलमार्फत जयशंकरले डा. खड्कालाई बधाइ दिएका हुन् ।
‘नेपालको परराष्ट्र मन्त्री बन्नुभएकामा डा. नारायण खड्कालाई बधाइ छ,’ जयशंकरले लेखेका छन्, ‘उहाँसँग मिलेर काम गर्न इच्छुक छु ।’
प्रकाशित मिति: २१:३४ बजे, बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











