Kathmandu Press

पाकिस्तानी प्रधानमन्त्रीले सम्झिए क्रिकेटर छँदा गरेको नेपाल भ्रमण

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राजनीतिमा लाग्नुअघि आफूले गरेको नेपालको व्यक्तिगत भ्रमण स्मरण गरेका छन्।
पाकिस्तानी प्रधानमन्त्रीले सम्झिए क्रिकेटर छँदा गरेको नेपाल भ्रमण

काठमाडौं, असोज ६ : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राजनीतिमा लाग्नुअघि आफूले गरेको नेपालको व्यक्तिगत भ्रमण स्मरण गरेका छन् । राजनीतिमा लाग्नुअघि उनी क्रिकेटर थिए ।

पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीसँग बुधबार इस्लामावादस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा खानले आफ्नो नेपाल भ्रमण स्मरण गरेका हुन् । र, नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्धलाई अझ बढावा दिन नेपाल सरकारसँग मिलेर काम गर्न इच्छुक भएको उनले बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनताको व्यक्तिगत स्वास्थ्य, खुशी, निरन्तर प्रगती एवं समृद्धिका लागि खानले शुभकामना पनि व्यक्त गरेका थिए ।

शिष्टाचार भेटमा राजदूत अधिकारीले कोभिड-१९ महामारीविरुद्ध लड्न नेपाललाई पाकिस्तानले उपलब्ध गराएको सहयोगका लागि प्रधानमन्त्री खान र पाकिस्तान सरकारको सराहना गरेका थिए । दुई मुलुकबीचको सम्बन्ध सदभावना, आपसी विश्वास र सहयोगमा आधारित रहेको उनले बताए । र, नेपाल र पाकिस्तान दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का संस्थापक सदस्य रहेको तथा संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा समान विचार राख्ने गरेको राजदूत अधिकारीले स्मरण गरे ।

नेपाल र पाकिस्तानबीच सांस्कृतिक र साहसिक पर्यटन आदानप्रदानको प्रचुरताबारे भेटमा छलफल भएको नेपाली दूतावासले जनाएको छ

प्रकाशित मिति: २१:१० बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्