सरकारले तोक्यो धानको न्यूनतम मूल्य

काठमाडौं, असोज ६ : सरकारले धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्वन महाशाखाले एक सूचना जारी गर्दै मन्त्रिपरिषद्को भदौ २९ गतेको निर्णयअनुसार धानको न्यूनतम समर्थन मूल्य तोकेको जनाएको छ ।
जसअनुसार महाशाखाले मोटा धानको न्यूनतम समर्थन मूल्य रु २७५२ प्रति क्विण्टल र मध्यम धानको न्यूनतम समर्थन मूल्य रु २९०२ प्रति क्विण्टल तोकेको छ ।
यस्तै तोकिएको नयाँ मूल्य गत आर्थिक बर्षको तुलनामा दुबै किसिमको धानमा रु १७ प्रति क्विण्टलले वढी रहेको जनाएको छ ।
प्रकाशित मिति: १९:१३ बजे, बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











