प्रचण्डको दाबी,‘भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुन्छ’
काठमाडौं, असोज ६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (बिहीबार) सम्ममा मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् ।आज पार्टी केन्द्रीय कार्यालय...
काठमाडौं, असोज ६ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (बिहीबार) सम्ममा मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष दाहालले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण ढिलाइ भएको मन्त्रिपरिषद्लाई पूर्णता दिने काम बिहीबारसम्ममा भइसक्ने बताएका हुन् ।
बैठकमा अध्यक्षले गरेको ब्रिफिङका क्रममा अध्यादेशका कारण ढिला भए पनि अब ढिला नहुने जानकारी गराएको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले बताएका हुन् ।
बैठकले प्रवासमा पार्टीको कामलाई व्यवस्थित बनाउन प्रवास निर्देशिका पनि पारित गरेको छ । यस्तै वैठकले पार्टीको केन्द्रीय कार्यालय सचिवमा डोरप्रसाद पौडेललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
प्रकाशित मिति: १८:४७ बजे, बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











