Kathmandu Press

हत्या गरेको अभियोगमा चार जना पक्राउ

झापा, असोज ६ : झापा गाँउपालिका १ की ५५ वर्षीया महिलाको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत किसनगञ्ज सिंघीमारी...
हत्या गरेको अभियोगमा चार जना पक्राउ

झापा, असोज ६ : झापा गाँउपालिका १ की ५५ वर्षीया महिलाको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा भारत किसनगञ्ज सिंघीमारी ग्राम पञ्चायतका २३ वर्षीय ऐतवार सोरेन, झापाका ३७ वर्षीय लखन टुडु सतार, ५६ वर्षीय सिरी साईला भन्ने सोमाई हेमरम सतार र २७ वर्षीय  श्री हेमरम सतार रहेका छन्।

Hardik ivf

शुक्रबार प्रहरीले घर भई भारत किसनगञ्ज  सिंघीमारी ग्राम पञ्चायत बस्ने ५५ बर्षीया डोली भन्ने धोन्नी टुडुको हत्यामा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

सानो माईखोलामा गत भदौ २५ गते प्रहरीले धोन्नी टुडुको अर्ध शरीर भएको टाँउको, घाटी, पेट (कम्मर भन्दा माथीको भाग) तथा घुडा भन्दा मुनीको भाग नभएको अवस्थामा शव फेला परेको थियो। 

घटनापछि अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरीले हत्यामा संलग्न चारै जनालाई शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

पक्राउ परेकाहरु मृतक धोन्नीको आफन्तहरु रहेको र जग्गाको विषयमा उनीहरुबीच विवाद हुँदै आएको थियो। 

भदौ २५ गते चारै जना मिलेर धोन्नी टुडुलाई माईखोला किनारमा लगि शरीरको विभिन्न भाग काटी खोलामा फालेको अनुसन्धानका क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

उनीहरू उपर कर्तब्य ज्यान मुद्दामा कानुनी कारबाही अगाडि बढाई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रकाशित मिति: १८:३६ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्