Kathmandu Press

ग्लोबल बैंकको नाफा ३३ प्रतिशत बढेर पौने तीन अर्ब

काठमाडौं, साउन १४ : ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा दुई अर्ब ७९ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ।

जुन अघिल्लो वर्षको तुलनामा ३३ प्रतिश....

ग्लोबल बैंकको नाफा ३३ प्रतिशत बढेर पौने तीन अर्ब

काठमाडौं, साउन १४ : ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्षमा दुई अर्ब ७९ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ।

जुन अघिल्लो वर्षको तुलनामा ३३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले दुई अर्ब १० करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो।

बैंकले खुदब्याज आम्दानी बढाएर पाँच अर्ब १६ करोड रुपैयाँ पु¥याएको छ। अघिल्लो वर्ष तीन अर्ब ८७ करोड ६८ लाख रुपैयाँ थियो। बैंकको निष्क्रिय कर्जा घटेर ०.५५ प्रतिशत बिन्दूमा झरेको वित्तिय विवरणमा उल्लेख छ।

गत वर्ष बैंकले एक खर्ब २० अर्ब निक्षेप परिचालन गरेर एक खर्ब आठ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ।

निक्षेप लागत ७.१८, सीसीडी रेसियो ७८.६९, आधारदर ९.५४ र ब्याजदर अन्तर ४.४७ प्रतिशत रहेको बैंकले जनाएको छ। बैंकको प्रतिसेयर आम्दानी २७ रुपैयाँ ११ पैसा छ।

नेटवर्थ १५८ रुपैयाँ छ। जगेडा कोष तीन अर्ब २० करोड ६६ लाख रुपैयाँ छ।

प्रकाशित मिति: ११:३७ बजे, मंगलबार, साउन १४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्