Kathmandu Press

राष्ट्रसंघ महासभामा सहभागी ब्राजिलका स्वास्थ्यमन्त्री कोरोना सङ्क्रमित

ब्राजिलिया, असोज ६ : ब्राजिलका स्वास्थ्यमन्त्री मार्कोलो क्वैरोगा कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि उनलाई सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले मंगलबार जानकारी...
राष्ट्रसंघ महासभामा सहभागी ब्राजिलका स्वास्थ्यमन्त्री कोरोना सङ्क्रमित

ब्राजिलिया, असोज ६ : ब्राजिलका स्वास्थ्यमन्त्री मार्कोलो क्वैरोगा कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि उनलाई सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले मंगलबार जानकारी दिएका छन्। 

राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको टोली अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको हो। टोलीमा सहभागी अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको तर सङ्क्रमण नदेखिएको अधिकारीहरुले जनाएका छन्।

ब्राजिल सरकारले जारी गरेको वक्तव्यका अनुसार अहिले सङ्क्रमित भएका स्वास्थ्य मन्त्री क्वैरोगाले कोरोना भाइरसविरुद्धको खोप पनि लगाएका थिए। 

राष्ट्रसंघको महासभामा सहभागी भएर फर्किएकामध्ये सङ्क्रमित हुनेमा उनी दोस्रो व्यक्ति भएका छन्।

सङ्क्रमित ५५ वर्षीय स्वास्थ्यमन्त्री क्वैरोगा न्युयोर्कमै आइसोलेसनमा बस्नु भएको समाचारमा जनाइएको छ।

तर टोलीमा सहभागी भएर पनि सङ्क्रमण पुष्टि नभएका अन्य भने ब्राजिल फर्किसकेका छन्। 

प्रकाशित मिति: १६:१० बजे, बुधबार, असोज ६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्