Kathmandu Press

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं, असोज ६ : नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीकाे बैठक आज (बुधबार) दोस्रो दिन बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बसिरहेको छ।

मंगलबारबाट सुरु भएको बैठक आज विभिन्न प्रस्तावमाथि छलफल गरी टुंग्याउने तयारी रहेको बताइएको छ। बैठकमा पेस भएका पाँचवटा प्रस्तावमाथि छलफल आजै सकेर बैठक समापन गर्ने तयारी रहेको एककिृत समाजवादी प्रचार विभागले जनाएको छ।

Hardik ivf

मंगलबारको बैठकमा अध्यक्ष माधवकुमार नेपाललगायतले राजनीतिक प्रस्ताव पेस गरेका थिए भने अन्य नेताहरूले केन्द्रीय कमिटी विस्तार, कार्यविभाजन, चुनाव चिह्न र समसामयिक विषयमा प्रस्ताव पेस गरेका थिए।

पार्टीले वैधानिकता पाएपछि एकीकृत समाजवादी याे पहिलो बैठक हाे। यसअघि पार्टीले वैधानिकता पाउनुअघि भदौ ८ गते केन्द्रीय कमिटी बैठक बसेको थियो।

प्रकाशित मिति: १५:१६ बजे, बुधबार, असोज ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्