मेरो राजनीतिक जीवन समाप्त पार्न अख्तियारलाई प्रयोग गरियो : गच्छदार
कांग्रेस नेता विजयकुमार गच्छदारले आफ्नो राजनीतिक जीवन समाप्त पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग गरिएको बताएका छन् ।
काठमाडौं, असोज ६ : कांग्रेस नेता विजयकुमार गच्छदारले आफ्नो राजनीतिक जीवन समाप्त पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रयोग गरिएको बताएका छन् ।
बुधबार राजधानीमा पत्रकार सम्मेलनमार्फत गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई फसाइएको जिकिर गरेका हुन् । ‘मेरो ५० वर्षको राजनीतिक र सामाजिक जीवन नै ध्वस्त पार्ने गरी षड्यन्त्रपूर्वक फसाउने कोशिस गरिएको छ । म निर्दोष छु,’ उनले भने ।
आफूलाई तत्कालीन सरकारले राजनीतिक प्रतिशोधका आधारमा फसाउने दूषित उद्देश्यका साथ अख्तियारमार्फत मुद्दा चलाएको उनले बताए । ‘ममाथि लगाइएका आरोपका साथ संलग्न प्रमाण कागजातहरू अध्ययन गर्ने हो भने मेरोविरुद्ध लगाइएका आरोप झुटा हुन् भन्ने प्रमाणित हुन्छ,’ उनले भने, ‘मेरो खुला किताबसरह रहेको राजनीतिक जीवन ध्वस्त पार्ने प्रयास भएको छ ।’
बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि लामो समय सक्रिय राजनीतिबाट टाढा रहेका उनी ३० असारमा विशेष अदालतमा उपस्थित भएर १० लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफ्नो संलग्नता नरहेको उनले बताए । र, आयोगमार्फत प्रतिशोध साँध्दै आफूलाई झुटा मुद्दा चलाइएको बताए ।
संवैधानिक निकाय भए पनि आयोग सरकारको छायाका रूपमा काम गर्दै निष्पक्ष र स्वतन्त्र बन्न नसकेको उनले बताए ।
उक्त प्रकरणमा आफूले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा पेश मात्र गरेको गच्छदारले बताए । आफूले व्यक्तिगत लाभ लिएर सरकारलाई हानी नपु¥याएको प्रष्ट्याए ।
अख्तियारले छानीछानी मुद्दा चलाएको आरोप उनले लगाए । उनले भने, ‘उन्मुक्ति दिन नहुने व्यक्तिलाई उन्मुक्ति दिइएको छ ।’ आफूलाई पूर्वाग्रहबाट मुद्दामा तानिएको र कतिपयलाई दलीय संरक्षणबाट जोगाइएको उनले बताए ।
प्रधानमन्त्री निवास विस्तार गर्ने योजना आफू भौतिक पूर्वाधार मन्त्री बन्नुअघि नै सुरु भएको उल्लेख गर्दै गच्छदारले आफूविरुद्ध मुद्दा चलाएर कसै–कसैलाई चोख्याउने काम भएको उल्लेख गरे । र, सरकारको गुरुयोजना कार्यान्वयनका क्रममा आफूले विभागीय मन्त्रीको भूमिका मात्र वहन गरेको उल्लेख गरे ।



-(7)-1765197040.jpg)





-(7)-1765197040.jpg)

-1765195794.jpg)
-1765195343.jpg)