यमनमा भएको हवाई कारबाहीमा १२ हुथी विद्रोहीको मृत्यु
साना, असार ६ : केही दिनयता यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ।सो सेनाले यहाँ मंगलबार पनि...
साना, असार ६ : केही दिनयता यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ।
सो सेनाले यहाँ मंगलबार पनि गरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोही मारिएको बताइएको छ। सो सेनाले गत सोमबार पनि यहाँको मध्य क्षेत्रीय प्रान्त मारिबमा हुथीका विरुद्धमा कारबाही गरेको थियो।
सो सेनाले हुथी विद्रोहीहरु रहेका स्थानहरुको पहिचान गरी उक्त मारिब प्रान्तमा गरेको हवाई कारबाहीमा परी मंगलबार १२ जनाको ज्यान गएको बताइएको छ। त्यसैगरी सो क्षेत्रमा हुथीहरुका कार्यालय रहेका स्थानाहरुलाई पनि सेनाले ध्वस्त बनाएको बताइएको छ।
सोमबार मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरुको ज्यान गएको बताइएको थियो। यमन सरकारको सेनाले मंगलबार दिएको जानकारीअनुसार उक्त प्रान्तमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो।
उक्त प्रान्तमा यसअघि पनि समय समयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको छ पनि बताइएको समाचारमा उल्लेख गरिएको छ। पछिल्लो समयमा मारिबमा हुथी विद्रोहीहरुले अखडा जमाउन थालेको बताइएको छ।












